२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • एनआईसी एशिया बैंकका ग्राहकहरूलाई रिसोर्ट सेवामा...

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई रिसोर्ट सेवामा विशेष छुट, डिजिटल भुक्तानीमा १५ प्रतिशतसम्म अफर

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई रिसोर्ट सेवामा विशेष छुट, डिजिटल भुक्तानीमा १५ प्रतिशतसम्म अफर

सीएनएन खबर
आइतवार, भाद्र ८ २०८२०७:५१
सीएनएन खबर
आइतवार, भाद्र ८ २०८२०७:५१
  • images

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि देशभरका विभिन्न स्थानहरूमा सञ्चालित ईबल माउण्टेन ब्लूम रेसोर्ट्ससँगको सहकार्यमा विशेष छुट सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। बैंक र रिसोर्ट्सबीच हालै सम्पन्न भएको समझदारीअनुसार, बैंकका ग्राहकहरूले डिजिटल माध्यमबाट सेवा लिएमा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

    बैंकका अनुसार, ग्राहकहरूले आवास सेवामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउने छन्। यो सुविधा पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा रहेका ईबल माउण्टेन ब्लूम रिसोर्ट्समा लागू हुनेछ। छुट प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड अथवा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।

    बैंकले उक्त सहकार्यले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा छुटसहित उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ। नगदरहित कारोबारको प्रवाह बढाउँदै जाने उद्देश्यले यस प्रकारका सहकार्यलाई निरन्तरता दिइने पनि बैंकले जनाएको छ।

    एनआईसी एशिया बैंक डिजिटल कारोबार र ग्राहक सुविधा विस्तारमा अग्रणी भूमिका खेल्दै आएको बैंकहरूमध्ये एक हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend