२०८३, आश्विन २० गते

images

थाइल्याण्डकी दारिन पिन्सुवान ललितपुर क्विन्समा आबद्ध

थाइल्याण्डकी दारिन पिन्सुवान ललितपुर क्विन्समा आबद्ध

सीएनएन खबर
आइतवार, भाद्र ८ २०८२०७:५९
सीएनएन खबर
आइतवार, भाद्र ८ २०८२०७:५९
  • images

    काठमाडौँ । थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी अनुभवी आउटसाइड हिटर दारिन पिन्सुवान नेपाली क्लब ललितपुर क्विन्समा आबद्ध भएकी छन्। पोखरामा भदौ २० देखि २८ गतेसम्म आयोजना हुने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगका लागि ललितपुरले उनलाई तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो।

    यसअघि क्लबले थाइल्याण्डकै वारन्या श्रीलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ। ३० वर्षीया दारिनले थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईमा व्यावसायिक खेल खेलेकी छन्। उनी सहभागी थाइल्याण्ड टोलीले सन् २०१४ को एशियन गेम्स (दक्षिण कोरिया, इन्चोन) मा कास्य पदक जितेको थियो। क्लबले अनुभवी खेलाडीको आगमनले टोलीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

    ललितपुर क्विन्सको टोली उत्सव खड्काको नेतृत्वमा रहनेछ भने कप्तान तथा मार्की खेलाडी सलिना श्रेष्ठ हुनेछिन्। अक्सनमार्फत संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टी खड्गी र भावना डाँगीलाई टोलीमा समावेश गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend