२०८३, आश्विन २० गते

images
  • विश्व
  • इजरायलद्वारा यमनको राजधानी सानामा हवाई आक्रमण,...

इजरायलद्वारा यमनको राजधानी सानामा हवाई आक्रमण, हुथी विद्रोहीका ठुला अड्डा निशानामा

इजरायलद्वारा यमनको राजधानी सानामा हवाई आक्रमण, हुथी विद्रोहीका ठुला अड्डा निशानामा

सीएनएन खबर
सोमवार, भाद्र ९ २०८२१०:०३
सीएनएन खबर
सोमवार, भाद्र ९ २०८२१०:०३
  • images

    काठमाडौं । इजरायली सेनाले हुथी विद्रोहीहरूले गरेको मिसाइल र ड्रोन आक्रमणको जवाफमा यमनस्थित हुथीका धेरैवटा अड्डामा हवाई आक्रमण गरेको बताएको छ।

    इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समार्फत बताएअनुसार उसले यमनको राजधानी सानामा हमला गरेको हो। इजरायली सेनाले भनेको छ, हुथी विद्रोहीहरूले प्रयोग गरिरहेका सानाका अड्डालाई निसाना बनाइएको हो। ती अड्डामा राष्ट्रपति भवन रहेको सैन्य क्षेत्र, धेरै पावर प्लान्ट र इन्धन भण्डारण छन्। 

    इजरायली सेनाले इरान समर्थित हुथी विद्रोहीहरूले आफ्ना ''आतंकवादी'' गतिविधिका लागि नागरिक संरचना प्रयोग गरिरहेको दाबी गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend