२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • केलियन एमबाप्पेको २ गोल, रियल ओभिडो...

केलियन एमबाप्पेको २ गोल, रियल ओभिडो ३-० ले पराजित

केलियन एमबाप्पेको २ गोल, रियल ओभिडो ३-० ले पराजित

सीएनएन खबर
सोमवार, भाद्र ९ २०८२१०:५०
सीएनएन खबर
सोमवार, भाद्र ९ २०८२१०:५०
  • images

    काठमाडौं । केलियन एमबाप्पेको दुई गोल सहयोगमा रियल ओभिडोमाथि फराकिलो जित दर्ता गर्दै रियल मड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ। 

    आइतबार राति भएको खेलमा रियलले ओभिडोमाथि ३–० को फराकिलो जित हात पारेको हो। रियलको जितमा एमबाप्पेले दुई तथा भिनिसियस जुनियरले १ गोल गरे। पहिलो हाफको ३७ औँ मिनेटमा एमबाप्पेको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। 

    खेलको ८३ औँ मिनेटमा भिनिसियसको पासमा एमबाप्पेले व्यत्तलीगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे।  खेलको इन्ज्युरी समयको तेस्रो मिनेटमा भिनिसियसको गोलमा रियलले ३–० को जित हात पारेको हो। जितसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा छ। 

    गएराति नै भएको अर्को खेलमा भिल्लारियलले जिरोनामाथि ५–० को फराकिलो जित निकाल्यो। रियल सोसिडाड र स्प्यानोलले २–२ को बराबरी गर्दै अंक बाँडे। ओसासुनाले भ्यालेन्सियामाथि १–० को जित निकाल्यो। अंक तालिकामा भिल्लारियल, बार्सिलोना र रियल मड्रिडको समान ६ अंक छ। समान ६ अंक भएपनि  भिल्लारियल गोलअन्तरमा अघि रहँदै अंक तालिकाको शीर्ष स्थानमा छ। बार्सिलोना दोस्रो र रियल तेस्रो स्थानमा छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend