२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • ९ बुँदे सहमति कार्यान्वयन नभएपछि शिक्षकहरु...

९ बुँदे सहमति कार्यान्वयन नभएपछि शिक्षकहरु फेरि आन्दोलनमा

९ बुँदे सहमति कार्यान्वयन नभएपछि शिक्षकहरु फेरि आन्दोलनमा

सोमवार, भाद्र ९ २०८२०१:१४
सोमवार, भाद्र ९ २०८२०१:१४
  • images

    काठमाडौं । नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलन आजदेखि सुरु गरेको छ। आन्दोलनअन्तर्गत महासंघले प्रधानमन्त्री, शिक्षामन्त्री तथा राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

    महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले प्रतिनिधिसभामा भदौ ६ गते पेस भएको शिक्षा सम्बन्धी विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको आरोप लगाए। गत वैशाखमा ९ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएकोमा सहमति कार्यान्वयन नभएकाले पुनः आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ।

    महासंघले सरकारसँग २०७५, २०७८, २०८० र २०८१/८२ मा भएका सहमति तत्काल लागू गर्न माग गरेको छ। साथै, अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्ति व्यवस्था, आवधिक बढुवा, अध्यापन अनुमति पत्र नवीकरण, विद्यालय कर्मचारीको तलब–पद निर्धारण, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोधजस्ता माग अघि सारेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend