काठमाडौँ । न्याय सेवाका ८ जना सहसचिवको सरुवा गरिएको छ। न्याय परिषद्ले काजसहित उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो।
परिषद्को निर्णय अनुसार विशेष अदालतका रजिस्ट्रार न्याय परिषद्मा सरुवा भएका छन्। यस्तै, उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेल सर्वोच्च अदालतमा सरुवा भएका छन् भने सर्वोच्च अदालतका सह(रजिस्ट्रार वेदप्रसाद उप्रेती विशेष अदालतमा स्थानान्तरण भएका छन्।
त्यस्तै, न्याय परिषद् सचिवालयका सहसचिव अशोककुमार क्षेत्री उच्च अदालत पाटनमा, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारी सर्वोच्च अदालतमा सरुवा भएका छन्।
उच्च अदालत दिपायलका रजिस्ट्रार तारादत्त बडू जनकपुर अस्थायी इजलास वीरगन्जमा, उच्च अदालत पाटन हेटौँडा इजलासका रजिस्ट्रार रामु शर्मा उच्च अदालत पोखरामा र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासकी रजिस्ट्रार सपना अधिकारी उच्च अदालत पाटन हेटौँडा इजलासमा सरुवा भएका छन्।

