२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • गोरखाका वडाध्यक्ष लामा पद छाडेर विदेश...

गोरखाका वडाध्यक्ष लामा पद छाडेर विदेश लागे, ‘जस नपाउने राजनीति’प्रति असन्तुष्टि

गोरखाका वडाध्यक्ष लामा पद छाडेर विदेश लागे, ‘जस नपाउने राजनीति’प्रति असन्तुष्टि

मंगलवार, भाद्र १० २०८२०९:२२
मंगलवार, भाद्र १० २०८२०९:२२
  • images

    काठमाडौं । देशमा युवाहरु मात्र होइन, जनप्रतिनिधिहरु समेत भविष्य नदेखेर विदेशिन थालेका छन् । हालै गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा पद त्याग गर्दै विदेशिएका छन् ।

    लामाले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस लेख्दै राजनीति छाडेर परदेशिएको घोषणा गरेका हुन् । उनले आफूले सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीपूर्वक काम गरे पनि त्यसको मूल्याङ्कन वा जस नपाएको गुनासो गरेका छन् ।

    उनले स्ट्याटसमा लेखेका छन् :
    “सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो, तर जति गर्दा पनि जस नपाउने कामले आत्मसन्तुष्टि पाएन । त्यसैले अबदेखि यो राजनीतिबाट सदाका लागि विदा भएको घोषणा गर्दै जिन्दगीलाई फेरि शून्यबाट सुरु गर्न परदेश लागेको हुँ।”

    लामाले वडाध्यक्ष पद छाडेकाले वडाबाट प्रवाह हुने सेवाहरु अब कार्यवाहक वडाध्यक्षमार्फत निरन्तर उपलब्ध हुने जानकारी पनि दिएका छन् । गत स्थानीय निर्वाचनमा उनी नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend