२०८३, आश्विन २० गते

images

प्रभु बैंक र मार्फा प्यालेस होटलबीच छुट दिने सम्झौता

प्रभु बैंक र मार्फा प्यालेस होटलबीच छुट दिने सम्झौता

बुधवार, भाद्र ११ २०८२१२:४१
बुधवार, भाद्र ११ २०८२१२:४१
  • images

    काठमाडौं । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका २ मार्फास्थित मार्फा प्यालेस होटलबीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रममा आफ्ना कर्मचारी तथा ग्राहकलाई लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

    समारोहबीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंकतर्फबाट जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्।

    स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइँको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ। 

    प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबीच भएको यो साझेदारीले मुस्ताङको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुने छन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend