२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने...

सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति

सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति

बुधवार, भाद्र ११ २०८२०३:०८
बुधवार, भाद्र ११ २०८२०३:०८
  • images

    काठमाडौं । संघीय निजामती सेवा विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने संसदीय समितिमा सहमति भएको छ।

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको दफाबार छलफलको क्रममा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति भएको हो।

    प्रतिनिधि सभाबाट पारित विधेयकको प्रतिवेदनले भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको सहसचिवमा १० प्रतिशत खुला व्यवस्था हटाएर १५ प्रतिशत अन्तर तह र ८५ प्रतिशत बढुवाबाट सहसचिवमा पदपूर्ति गर्ने व्यवस्था गरेको थियो।

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले भने मन्त्रालयले सुरुमा प्रस्ताव गरेकै व्यवस्थालाई कायम गरेको छ ।

    तर, सहसचिवमा प्रतिस्पर्धा गर्नका लागि कति वर्ष अनुभव भएको हुने भन्ने विषय भने बुधबारको बैठकमा टुंगो लाग्न सकेन 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend