२०८३, आश्विन १९ गते

images

धनगढी पुगेर डा गोविन्द केसीले सुरु गरे २३ औँ सत्याग्रह

धनगढी पुगेर डा गोविन्द केसीले सुरु गरे २३ औँ सत्याग्रह

आइतवार, भाद्र १५ २०८२०१:१५
आइतवार, भाद्र १५ २०८२०१:१५
  • images

    काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा गोविन्द केसीले धनगढीको गेटा मेडिकल कलेजबाट २३ औँ सत्याग्रह सुरु गरेका छन्। 

    सरकारले चिकित्सा शिक्षातर्फ ९एमबीबीएस०को सिट संख्या बढाएको बिरोधमा डा केसीले सत्याग्रह सुरु गरेका हुन्। केसीले मेडिकलमा सिट बढाएको लगायत ४ बुँदे माग राखेर सत्याग्रह थालेका हुन्।

    चिकित्सा शिक्षा आयोगले २१औं बैठकले गरेको निर्णयअनुसार एमबीबीएसमा १,३५९ सिट थपेर २,६३५ पुर्‍याएको छ । बीडीएसको सिट ६२५ बनाइएको छ । उक्त सरकारलाई निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह सुरु गरेका हुन् ।

    सरकारी कलेजमा सिट बढाउनु पर्नेमा निजीमा बढाइएको भन्दै सरकारको निर्णयको आलोचना भइरहेको छ । उक्त निर्णयको पछाडि निजी मेडिकल कलेज सञ्चालकको आर्थिक स्वार्थ जोडिएको छ । निजी मेडिकल कलेज सञ्चाकललाई पोस्न प्रधानमन्त्री स्वयं नै अग्रसर भएको विज्ञहरू बताउँछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend