२०८३, आश्विन २० गते

images

डीडीसीमा दुग्ध उत्पादक किसान र प्रहरीबीच धकेलाधकेल

डीडीसीमा दुग्ध उत्पादक किसान र प्रहरीबीच धकेलाधकेल

आइतवार, भाद्र १५ २०८२०२:३९
आइतवार, भाद्र १५ २०८२०२:३९
  • images

    काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा आइतबार दुग्ध उत्पादक किसान र प्रहरीबीच धकेलाधकेल भएको छ । अखिल नेपाल किसान महासंघको अगुवाइमा किसानहरूले लैनचौरस्थित डीडीसी कार्यालय अगाडि धर्ना दिएका थिए । सोही क्रममा प्रहरी र किसानबीच घर्षण भएको हो ।

    किसानहरूले लामो समयदेखि दूध बिक्री वितरणमा गम्भीर समस्या भोग्नु परेको र पटक–पटक डीडीसी तथा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएको भन्दै धर्ना दिएका हुन् ।

    उनीहरूले ‘कृषकको पैसा नदिने डीडीसी पाल्न नसकिने’, ‘कर्मचारीलाई दिने थप सेवासुविधा बन्द गर्न’, ‘दूधको भुक्तानी समयमा गर्न’ लगायतका मागसमेत राखेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend