२०८३, आश्विन २० गते

images

गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित

गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित

सीएनएन खबर
सोमवार, भाद्र १६ २०८२०७:३७
सीएनएन खबर
सोमवार, भाद्र १६ २०८२०७:३७
  • images

    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाकै प्रतिष्ठित इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड्समा उत्कृष्ट प्रदर्शन गर्दै ‘द बेस्ट बैंक’ अवार्ड प्राप्त गरेको छ । 

    बैंकले ‘बेस्ट एआईरएमएल इम्प्लिमेन्टेसन’ विधामा समेत उत्कृष्ट अवार्ड जित्नुका साथै ‘बेस्ट एमएसएमई एण्ड एक्सेलेरेसन’ विधामा रनरअप बन्न सफल भएको हो ।

    इण्डियन च्याम्बर अफ कमर्शले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेस्रो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंकलाई सम्मान गरिएको हो ।  

    कार्यक्रममा नेपाल, भारत, बंगलादेश, म्यानमार र श्रीलंकाका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो ।

    गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए । 

    यसअघि सन् २०२४ मा सम्पन्न दोस्रो संस्करणमा पनि बैंकले बेस्ट एसेट म्यानेजमेन्ट विधामा रनरअप अवार्ड प्राप्त गरेको थियो ।

    हाल गरिमा विकास बैंकले देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउन्टर, ५१ एटीएम र अत्याधुनिक डिजिटल बैंकिङ प्रणालीमार्फत सेवा प्रवाह गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend