२०८३, आश्विन २० गते

images

कुमारी क्यापिटलको १७ प्रतिशत नगद लाभांश प्रस्ताव, सातौं वार्षिक साधारण सभा भदौ २५ मा

कुमारी क्यापिटलको १७ प्रतिशत नगद लाभांश प्रस्ताव, सातौं वार्षिक साधारण सभा भदौ २५ मा

सीएनएन खबर
सोमवार, भाद्र १६ २०८२१२:११
सीएनएन खबर
सोमवार, भाद्र १६ २०८२१२:११
  • images

    काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको साउन २८ गते बसेको बैठकले चुक्ता पुँजीको दरले ६ करोड ८० लाख रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको हो।

    लाभांश पारित गर्ने उद्देश्यले कम्पनीले भदौ २५ गते साँझ ५ बजे, नागपोखरी नक्साल, काठमाडौंस्थित कार्यालयमा सातौं वार्षिक साधारण सभा बोलाएको छ।

    उक्त सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने तथा सञ्चालक नियुक्ति गर्दै नयाँ समिति चयन गर्ने कार्यसूची पनि पारित गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend