२०८३, आश्विन २० गते

images

१० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण बंगलादेशी कम्पनीलाई जिम्मा, यी हुन सम्भावित बैंक

१० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण बंगलादेशी कम्पनीलाई जिम्मा, यी हुन सम्भावित बैंक

सोमवार, भाद्र १६ २०८२०१:२८
सोमवार, भाद्र १६ २०८२०१:२८
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशका ठूला १० वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण गर्ने जिम्मा बंगलादेशी कम्पनी हउलादार युनुस एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स लाई दिएको छ । 

    यसका लागि गत साता राष्ट्र बैंक र बंगलादेशी कम्पनीबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार कम्पनीले तोकिएको समयसीमा भित्रै सम्पूर्ण परीक्षण कार्य सम्पन्न गर्नुपर्नेछ ।

    कर्जा गुणस्तर परीक्षणका लागि करिब ६२ लाख ५४ हजार रुपैयाँ ९२७१,६७०.०५ अमेरिकी डलर बराबर० लागत निर्धारण गरिएको छ । यस परीक्षणमार्फत वाणिज्य बैंकहरूले प्रवाह गरेका ऋणहरूको वास्तविक स्थिति, असल–नराम्रो कर्जाको वर्गीकरण, जोखिम मूल्यांकन र सम्पत्ति गुणस्तरको स्वच्छ प्रतिवेदन तयार पारिनेछ ।

    कम्पनीले कर्जा लगानीको आधारमा छनोट गरिने १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियोको प्रत्यक्ष अध्ययन गरी प्रतिवेदन राष्ट्र बैंकमा पेस गर्नेछ। यसका लागि सम्भावित सूचीमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एशिया बैंक, प्रभु बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, हिमालयन बैंक र सिद्धार्थ बैंकका नाम रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend