काठमाडौं । काठमाडौंमा जारी जेन–जी पुस्ताको आन्दोलनमा मृत्यु हुनेको संख्या बढेर ८ पुगेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५, सिभिल अस्पतालमा २ र एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको मुचुल्का उठाउन प्रहरी वृत्त जनसेवाबाट टोली खटाइएको छ।
प्रदर्शन नियन्त्रणका क्रममा गरिएको बल प्रयोगका कारण मृत्यु हुने र घाइते हुनेको संख्या बढिरहेको छ। घाइतेहरूको आधिकारिक तथ्यांक भने अझै सार्वजनिक भएको छैन।

