२०८३, आश्विन २० गते

images
  • राजनीति
  • जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या १८,...

जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या १८, दुई सयभन्दा बढी घाइते उपचाररत

जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या १८, दुई सयभन्दा बढी घाइते उपचाररत

सोमवार, भाद्र २३ २०८२०५:२२
सोमवार, भाद्र २३ २०८२०५:२२
  • images

    काठमाडौं। काठमाडौं जारी जेन–जी पुस्ताको आन्दोलन हिंसात्मक बन्दै जाँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

    राष्ट्रिय ट्रमा सेन्टरमा थप एक घाइतेको मृत्यु भएपछि मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले अहिलेसम्म ७ जनाको मृत्यु पुष्टि गरेका छन्। सो सेन्टरमा हाल ५० जना घाइतेको उपचार भइरहेको छ, जसमा ४ जनाको अवस्था गम्भीर रहेको छ।

    त्यस्तै, एभरेस्ट अस्पतालमा ५, सिभिल अस्पतालमा ३, काठमाडौं मेडिकल कलेजमा २ र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको छ। मृतकहरूको परिचय खुल्न बाँकी छ। मृत्यु हुनेमा स्कुले बालबालिकासमेत रहेको अस्पतालले जनाएको छ।

    अहिले काठमाडौंका विभिन्न अस्पतालमा २०० भन्दा बढी घाइते उपचाररत छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend