२०८३, आश्विन २० गते

images
  • राजनीति
  • जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु,...

जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु, तीन सयभन्दा बढी घाइते

जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु, तीन सयभन्दा बढी घाइते

सोमवार, भाद्र २३ २०८२०८:४१
सोमवार, भाद्र २३ २०८२०८:४१
  • images

    काठमाडौं । राजधानीमा भइरहेको जेनजी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने घाइतेको संख्या तीन सयभन्दा बढी पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जानकारी दिएको हो।

    मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ भने करिब एक सय जनाको उपचार भइरहेको छ। वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ।

    त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन्, जसमध्ये उपचारकै क्रममा ८ जनाले ज्यान गुमाएका छन्।

    बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जनाको उपचार भइरहेको र त्यहाँ पनि ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सो अस्पतालमा उपचार सम्भव नभएकामध्ये ८ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ।

    मन्त्रालयका अनुसार घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर रहेको र मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend