२०८३, आश्विन २० गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीनरुपमा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीनरुपमा बन्द

बुधवार, भाद्र २५ २०८२०२:०६
बुधवार, भाद्र २५ २०८२०२:०६
  • images

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीनरुपमा बन्द गरिएको छ । उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायत विमानस्थल वरपर विमान अवतरणमार्गमा देखिएको धुवाँलगायतले विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीनरुपमा बन्द गरिएको हो । 


    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरद्वारा जारी विज्ञप्तिमा विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन पनि अनुरोध गरिएको छ । विमानस्थल खुलेको सूचना पाएपश्चात् सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र आउन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।


    यसअघि आज साँझ ६ बजेसम्म र त्यो भन्दाअघि यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो । उडान ठप्प हुँदा हवाई यात्रु अलपत्र परेका छन् ।

    nagarik-uddyan-pradhikaran-notice-1169x1536.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend