२०८३, आश्विन १९ गते

images
  • समाचार
  • सामान्य उन्मुख हुँदै उपत्यकाको जनजिवनः अब...

सामान्य उन्मुख हुँदै उपत्यकाको जनजिवनः अब दिउँसो निषेधाज्ञा, बेलुकी ७ बजेपछि मात्रै कर्फ्यु

सामान्य उन्मुख हुँदै उपत्यकाको जनजिवनः अब दिउँसो निषेधाज्ञा, बेलुकी ७ बजेपछि मात्रै कर्फ्यु

शुक्रवार, भाद्र २७ २०८२०८:०२
शुक्रवार, भाद्र २७ २०८२०८:०२
  • images

    काठमाडौँ । जेनजी आन्दोलनपछि सुरक्षा जिम्मा पाएको नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा तथा कर्फ्युलाई निरन्तरता दिएको छ।

    किनमेल र लगायतका अत्यावश्यक कामका लागि आवतजावत गर्न बिहान ५ घन्टा र बेलुकी २ घन्टा समय निर्धारण गरिएको हो।

    आज बिहान ११ देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्युलाई निरन्तरता दिइएको छ।

    अत्यावश्यक कामका लागि आवतजावत गर्न आज बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी पाँच बजेदेखि ७ बजेसम्म निर्धारण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

    निषेधाज्ञा तथा कर्फ्युका बेला अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यासलगायतको इन्धन, दूध, तरकारी, पानी, सञ्चारप्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने गाडी सञ्चालन गर्न सकिनेछ।

    विभिन्न सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तीय संस्थालगायतका सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो सक्कल परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने सेनाले बताएको छ।

    यस्तै, आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन् भने आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्नुपर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend