२०८३, आश्विन १९ गते

images
  • समाचार
  • प्रधानमन्त्रीले शपथ लिएसँगै हट्यो काठमाडौँ उपत्यकाको...

प्रधानमन्त्रीले शपथ लिएसँगै हट्यो काठमाडौँ उपत्यकाको कर्फ्यु

प्रधानमन्त्रीले शपथ लिएसँगै हट्यो काठमाडौँ उपत्यकाको कर्फ्यु

शनिवार, भाद्र २८ २०८२०८:५९
शनिवार, भाद्र २८ २०८२०८:५९
  • images

    काठमाडौँ । शुुसिला कार्कीले प्रधानमन्त्रीको रुपमा शपथ लिएसँगै काठमाडौँ उपत्यकाको कर्फ्यु हटेको छ । विगत ६ दिनदेखि काठमाडौँ उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटेको हो ।

    नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युको विषयमा जानकारी दिँदै आएको थियो। तर, आज भने सेना र स्थानीय प्रशासन कुनै पनि निकालये निषेधाज्ञा र कर्फ्यु सम्बन्धी सूचना जारी गरेका छैनन्। 

    निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ। काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु पनि आज बिहानदेखि हटेको छ। 

    जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरेका थिए। 

    जेनजी आन्दोलनको भावनाअनुसार गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य उन्मुख बन्न थालेको हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend