२०८३, आश्विन २० गते

images

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

सोमवार, भाद्र ३० २०८२०१:०६
सोमवार, भाद्र ३० २०८२०१:०६
  • images

    काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ ग्रहण गराएका हुन् । 

    अधिवक्ता अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

    त्यसैगरी पूर्वअर्थसचिवसमेत रहेका खनाललाई अर्थ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend