२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३...

शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

सीएनएन खबर
सोमवार, भाद्र ३० २०८२०३:१९
सीएनएन खबर
सोमवार, भाद्र ३० २०८२०३:१९
  • images

    काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण ९पोस्टमार्टम० सकिएको छ ।

    अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ । हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिए । 

    उनका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन्भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ । जसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ । शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शवपरीक्षण गरिन्छ ।

    डा चौधरीले भने, “शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन् । पोस्टमार्टमका लागि पत्र आएकाको शवपरीक्षण गरिरहेका छौँ ।” 

    यसैबीच नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पतात पुगेका थिए। अस्पतालमा हाल २२ जना उपचाररत छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend