२०८३, आश्विन २० गते

images

बन्द सेयर बजार खोल्ने सेबोनको निर्णय

बन्द सेयर बजार खोल्ने सेबोनको निर्णय

मंगलवार, भाद्र ३१ २०८२११:१४
मंगलवार, भाद्र ३१ २०८२११:१४
  • images

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सेयर बजारमा कारोबार सुचारु गर्ने निर्णय गरेको छ । सेबोनको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले जेनजी आन्दोलनका कारण बन्द गरिएको सेयर बजार खोल्ने निर्णय गरेको हो । 

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सेयर कारोबार असोज १ गतेदेखि सुचारु गर्ने व्यवस्थाका लागि अनुमति माग्दै सोमबार सेबोनलाई पत्र पठाएको थियो । नेप्सेको सोही आवेदनलाई आधार मानेर सेयर कारोबार खोल्ने निर्णय भएको बोर्डस्थित स्रोतले जानकारी दिएको छ ।  

    यो निर्णयसँगै असोज २ गतेदेखि सेयर कारोबार खुल्नेछ । असोज १ गते सार्वजनिक विदा परेकोले सो दिन कारोबार हुनेछैन । 

    असोज २ गतेदेखि खुल्ने सेयर बजारको कारोबार साबिकको व्यवस्थाअनुसार नै पूरा समय खुल्नेछ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend