२०८३, आश्विन १९ गते

images

सन्दुक रुइतले गरे मन्त्री बन्न अस्वीकार

सन्दुक रुइतले गरे मन्त्री बन्न अस्वीकार

मंगलवार, भाद्र ३१ २०८२१२:५८
मंगलवार, भाद्र ३१ २०८२१२:५८
  • images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई मन्त्री बन्न प्रस्ताव गरेकी छिन् ।

    तिलगंगा आँखा प्रतिष्ठान पुगेर मंगलबार कार्कीले रुइतलाई मन्त्री बन्न प्रस्ताव गरेकी हुन् । तर रुइतले अस्पतालको काम र बिरामी छाड्न नसक्ने भन्दै मन्त्री बन्न अस्वीकार गरेका छन् ।

    जेनजीको आन्दोलनपछि शुक्रबार कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो । यही सरकारमा मन्त्रीमा रुइतको चर्चा भएपछि उनले यस्तो बताएका हुन् ।

    ‘यहाँ अस्पतालमा छु । यहाँ छाडेर आउने ?,’ सञ्चारकर्मीसँग रुइतले भने, ‘यत्रो काम छ, यहाँ छाडेर आउने ? बिरामीलाई छाडेर आउँदिन मन्त्री बन्दिनँ ।’

    कार्की नेतृत्वको सरकारमा तीन मन्त्री चयन गरिएका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी प्रधानमन्त्री कार्की छिन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend