२०८३, आश्विन २० गते

images

जेनजी आन्दोलनपछि खुलेको पहिलो दिन सेयर बजार राताम्मे, कारोबार २० मिनेटका लागि स्थगित

जेनजी आन्दोलनपछि खुलेको पहिलो दिन सेयर बजार राताम्मे, कारोबार २० मिनेटका लागि स्थगित

बिहिवार, आश्विन २ २०८२११:१७
बिहिवार, आश्विन २ २०८२११:१७
  • images

    काठमाडौं । सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ।

    प्रि ओपन सेसनमा नै उच्च अंक घटेको नेप्से, नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो। सो अवधिसम्ममा २०० स्टकको १ हजार ८५७ पटकको कारोबारमा १५ करोड ६६ लाख १६ हजार ९३७ रुपैयाँ ७० पैसा बराबरको ३ लाख ३४ हजार २७५ कित्ता शेयर कारोबार भएको छ।

    अब शेयर कारोबार ११ बजेर २२ मिनेटमा पुनः सुचारु हुनेछ। सोपश्चात थप एक प्रतिशत अर्थात कुल ५ प्रतिशत घटेमा दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटको लागि स्थगित हुनेछ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend