२०८३, आश्विन १९ गते

images
  • विश्व
  • डोंगफेंग मोटर ग्रुपको प्राइभेटाइजेसन योजना र...

डोंगफेंग मोटर ग्रुपको प्राइभेटाइजेसन योजना र VOYAH लिस्टिंग घोषणा, लगानीकर्ताको विश्वास चुलियो

डोंगफेंग मोटर ग्रुपको प्राइभेटाइजेसन योजना र VOYAH लिस्टिंग घोषणा, लगानीकर्ताको विश्वास चुलियो

सीएनएन खबर
शनिवार, आश्विन ४ २०८२०८:२७
सीएनएन खबर
शनिवार, आश्विन ४ २०८२०८:२७
  • images

    काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोंगफेंग मोटर ग्रुपले आफ्ना दुई ठूला योजनाहरू सार्वजनिक गरेपछि कम्पनीका सेयरहरू हङकङको सेयर बजारमा उच्च विन्दुमा पुगेका छन्। प्राइभेटाइजेसन योजनाको घोषणा र प्रिमियम इलेक्ट्रिक ब्रान्ड VOYAH को लिस्टिंग तयारी सँगै डोंगफेंगका सेयरहरू एकै दिनमा ६९% ले उकालो लागेका थिए, जुन करिब आठ वर्षयताको उच्चतम वृद्धिदर हो। अन्ततः कम्पनीका सेयरहरू ५७% भन्दा बढीको बृद्धिसहित बन्द भए।

    डोंगफेंगको प्राइभेटाइजेसन योजना करिब ७ अर्ब अमेरिकी डलर बराबरको हुने अनुमान गरिएको छ। यो योजना कम्पनीलाई दीर्घकालीन रणनीति लागू गर्न, निर्णय प्रक्रियामा लचिलोपन ल्याउन र बजारको तीव्र गतिसँग अनुकूल हुन आवश्यक स्वतन्त्रता दिनेछ। कम्पनीले आफ्नो रणनीतिक लचीलोपन बलियो बनाएर भविष्यमा प्रतिस्पर्धी अवस्थिति बनाउने संकेत दिएको छ।

    यसैबीच, डोंगफेंगले आफ्नो प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड VOYAH लाई अलग कम्पनीका रूपमा हङकङ सेयर बजारमा सूचीबद्ध गर्ने तयारी गरेको छ। यो कदम कम्पनीको इलेक्ट्रिक मोबिलिटी मा केन्द्रित भविष्य रणनीतिलाई प्रतिविम्बित गर्छ। VOYAH उच्च प्रविधि, आकर्षक डिजाइन र दिगो इन्भायर्नमेन्टल समाधानका साथ नयाँ पुस्ताका चालकहरूलाई लक्षित गर्दै अघि बढिरहेको ब्रान्ड हो। बजारमा सूचीबद्ध भएपछि VOYAH ले नयाँ लगानी, उत्पादन विकास र ग्लोबल विस्तारका लागि आवश्यक पूँजी जुटाउन सक्नेछ।

    डोंगफेंग मोटर ग्रुप दशकौंदेखि सस्तो, भरपर्दो र ग्राहक केन्द्रित सवारीसाधन उत्पादन गर्ने चिनियाँ कम्पनीको रूपमा परिचित रहँदै आएको छ। यसको ''भ्याल्यु फर मनी'' अवधारणाले लाखौं ग्राहकहरूको विश्वास जितेको छ। अब, प्राइभेटाइजेसन र VOYAH लिस्टिंगको संयोजनमार्फत कम्पनीले इनुभेसन, कार्यक्षमता र विश्वस्तरीय प्रतिस्पर्धा तर्फ फड्को मार्न खोजेको छ।

    कम्पनीले ग्राहकलाई आफ्नो केन्द्रमा राख्ने नीति अन्तर्गत, नयाँ प्रविधिको प्रयोगमार्फत विश्वव्यापी अटो बजारमा सशक्त रूपमा उभिने दाबी गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend