काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा रहेका ४८ इजरायली बन्दीको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ, जसमा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश छ। हाल उनीहरूको जीवित वा मृत अवस्थाबारे पुष्टि भएको छैन।
सार्वजनिक तस्बिरमा प्रत्येकको क्याप्सन “Ron Arad” राखिएको छ। हमासले यो कदम इजरायली सरकार र बन्दी परिवारमाथि दबाब दिने उद्देश्यले उठाएको टाइम्स अफ इजरायलले जनाएको छ।
इजरायली अधिकारीहरूको अनुमान अनुसार करिब २० जना बन्दी जीवित रहेका छन्। हमासले बन्दीहरू गाजाका विभिन्न टोल–छिमेकमा राखिएको दाबी गरेको छ। यसअघि हमासले दुई इजरायली बन्दीको भिडियो पनि सार्वजनिक गरेको थियो।

