२०८३, आश्विन २० गते

images

सेयर बजार: अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो

सेयर बजार: अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो

आइतवार, आश्विन ५ २०८२१०:००
आइतवार, आश्विन ५ २०८२१०:००
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अन्तिम १५ मिनेटको भारित औषत मूल्यको आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि स्थगन गर्ने धितोपत्र बोर्डको निर्णय कार्यान्वयनमा ल्याउने भएको छ । नेप्सेले अन्तिम १५ मिनेटको व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था गर्न लागेको हो ।  

    परिवर्तित व्यवस्थाको आज अर्थात असोज ५ गते प्राविधिक परीक्षण गरी असोज ६ मा सार्वजनिक बिदा परेको हुँदा असोज ७ गतेत्पश्चातको कारोबार दिनदेखि लागु गरिने नेप्सेले जनाएको छ ।  

    धितोपत्र बोर्डको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले अन्तिम १५ मिनेटको भारित औषत मूल्यको व्यवस्था स्थगन गर्ने निर्णय गरेको थियो । सेबोनको सोही निर्देशनका आधारमा नेप्सेले उक्त व्यवस्थालाई परिवर्तन गर्न लागेको हो ।

    15.jpg
    undefined

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend