२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • शेयर बजारमा अस्वाभाविक उतारचढावपछि लगानीकर्ताले गभर्नरलाई...

शेयर बजारमा अस्वाभाविक उतारचढावपछि लगानीकर्ताले गभर्नरलाई बुझाए ज्ञापनपत्र

शेयर बजारमा अस्वाभाविक उतारचढावपछि लगानीकर्ताले गभर्नरलाई बुझाए ज्ञापनपत्र

आइतवार, आश्विन ५ २०८२०२:३६
आइतवार, आश्विन ५ २०८२०२:३६
  • images

    काठमाडौं । शेयर बजारमा देखिएको अस्वाभाविक उतारचढाव र त्यसले लगानीकर्तामाथि पारेको ठूलो प्रभावबारे प्रमुख लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी आवश्यक सुधारका माग प्रस्तुत गरेका छन्।

    वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल, नेपाल पुँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्कीको टोलीले सोमबार गभर्नर पौडेललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको हो।

    भेटमा लगानीकर्ताहरूले हालै शेयर बजारमा आएको तीव्र गिरावटले बजारमा त्रास फैलाएको र सावधानीविना बजार सञ्चालन गर्दा धेरै लगानी गुमेको गुनासो गरेका छन्। उनीहरूले बैंक तथा वित्तीय संस्थाहरूको नीतिगत कडाइ, पुँजी बजारमा लगानीका सीमा, लघुवित्त संस्थाको लाभांश वितरण र गैरआवासीय नेपाली (एनआरएन) को लगानी प्रवाह सहज बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

    लगानीकर्ताहरूले प्रमुख मागका रूपमा व्यक्तिगत शेयर धितो कर्जा सीमाको पूर्ण खारेजी, बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्ने अवसर, लघुवित्त संस्थाको लाभांश वितरणमा नियम संशोधन, बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा गर्न सक्ने लगानीको सीमामा सुधार र एनआरएनलाई लगानीका लागि आकर्षित गर्ने वातावरण बनाउन नीति परिमार्जन गर्नुपर्ने बताएका छन्।

    विशेषत: बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा स्वतन्त्र र विवेकपूर्ण रूपमा खरिद–बिक्री गर्न अनुमति दिँदा बजारमा दीर्घकालीन तरलता प्रवाह बढ्ने र लगानीकर्तामैत्री वातावरण सिर्जना हुने उनीहरूको तर्क छ। साथै, लघुवित्त संस्थाले वास्तविक नाफा र वित्तीय क्षमताका आधारमा मात्र लाभांश वितरण गर्नुपर्ने र एनआरएनलाई पुँजी बजारमा आकर्षित गर्ने नीति तत्काल ल्याउनुपर्ने सुझाव दिइएको छ।

    गभर्नर पौडेलसँगको भेटले बजारमा स्थायित्व ल्याउने मात्र नभई समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। लगानीकर्ताहरूले तत्काल नीति संशोधन र सुधारका कदम चाल्न आग्रह गरेका छन्।

    sa.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend