२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला...

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

सोमवार, आश्विन ६ २०८२१२:१६
सोमवार, आश्विन ६ २०८२१२:१६
  • images

    काठमाडौँ । आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ । “सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहेता पनि आरटिजिएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको छ”, राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ ।

    आरटिजिएस ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend