२०८३, आश्विन २० गते

images

नवनियुक्त मन्त्रीहरुको शपथ ३ बजे हुने

नवनियुक्त मन्त्रीहरुको शपथ ३ बजे हुने

सोमवार, आश्विन ६ २०८२०१:१७
सोमवार, आश्विन ६ २०८२०१:१७
  • images

    काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रिहरुको शपथग्रहणको समय सरेको छ । आज दिउँसो २ बजेका लागि शपथग्रहणको समय तोकिएको थियो । तर आन्तरिक कारणले एक घण्टा सारेर मन्त्रीहरुको शपथ ३ बजेका हुने भएको हो ।

    प्रधानमन्त्री कार्कीले मन्त्रीका लागि ५ जनाको नाम अघि सारेकी थिइन् । प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।

    सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय, खरेललाई सञ्चार मन्त्रालय, महावीर पुनलाई शिक्षा र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ ।

    तर स्वास्थ्यमन्त्रीको रुपमा सिफारिस भएकी मिश्राको पृष्ठभूमी विवादित देखिएको भन्दै उनलाई होल्ड गर्न सक्ने बुझिएको छ ।

    भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले भदौ २९ गते ३ मन्त्री नियुक्त गरेकी थिइन् । थप ४ जना मन्त्रिमण्डलमा थपिने भएसँगै कार्की नेतृत्वको मन्त्रिमण्डल ८ सदस्यीय हुनेछ । नवनियुक्त मन्त्रीहरुको शपथ शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा एक समारोहकाबिच हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend