२०८३, आश्विन २० गते

images

किसानका समस्या समाधानमा प्राथमिकता : कृषिमन्त्री

किसानका समस्या समाधानमा प्राथमिकता : कृषिमन्त्री

सोमवार, आश्विन ६ २०८२०५:४८
सोमवार, आश्विन ६ २०८२०५:४८
  • images

    काठमाडौं । नयाँ नियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री मदन परियारले सोमबार पदभार ग्रहण गरेका छन्। शीतलनिवासमा शपथ ग्रहण समारोह सम्पन्न भएपछि उनी सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए।

    पदभार ग्रहण समारोहमा मन्त्री परियारले दुग्ध तथा उखु किसानका समस्या समाधान गर्न आफ्नो प्राथमिकता रहने स्पष्ट पारे। साथै, सरकारले तोकेको फागुन २१ गते निर्वाचन सम्पन्न गराउनु नै हालको सरकारको पहिलो कार्यभार भएको बताउँदै सबै पक्षसँग मिलेर अघि बढ्ने प्रतिवद्धता जनाए।

    “सबैभन्दा पहिले निर्वाचन सफल बनाउन हामी सबै एकजुट हुनुपर्छ। त्यसपछि शासकीय सुधार र मुलुकमा रहेका बेथितिको अन्त्य गर्न हामी लाग्नेछौं,” मन्त्री परियारले भने। उनले मन्त्रालयका सचिवहरूसँग छलफल गरी कार्यभार प्रभावकारी बनाउन ध्यान दिने प्रतिबद्धता पनि जनाए।

    उनले मल आयातमा देखिएका अवरोधलाई अध्ययन गरी समाधान गर्ने दिशा आफूले अघि बढाउने बताए। साथै, किसानका दीर्घकालीन समस्या समाधान गर्दै कृषि क्षेत्रमा सुधार ल्याउन सरकार गम्भीर रहेको उनको भनाइ छ।

    मन्त्री परियारले पदभार ग्रहणसँगै किसानलाई राहत र कृषि क्षेत्रलाई सबल बनाउन ठोस कदम चालिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend