२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • बार्सिलोनाकी आइताना बोनमतीको इतिहास, लगातार तेस्रो...

बार्सिलोनाकी आइताना बोनमतीको इतिहास, लगातार तेस्रो पटक महिला बालोन डीओर विजेता

बार्सिलोनाकी आइताना बोनमतीको इतिहास, लगातार तेस्रो पटक महिला बालोन डीओर विजेता

सीएनएन खबर
मंगलवार, आश्विन ७ २०८२१२:४९
सीएनएन खबर
मंगलवार, आश्विन ७ २०८२१२:४९
  • images

    काठमाडौं । स्पेन र बार्सिलोनाकी स्टार मिडफिल्डर आइताना बोनमतीले लगातार तेस्रो पटक महिला बालोन डीओर जितेर नयाँ कीर्तिमान बनाएकी छन्। २७ वर्षीया बोनमती यस प्रतिष्ठित उपाधि लगातार तीनपटक जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्।

    उनी आफ्नी अन्तर्राष्ट्रिय टोलीकी सहखेलाडी तथा आर्सनलकी विङ्गर मारियोना काल्डेन्टेलाई पछि पार्दै अवार्ड जित्न सफल भइन्। शीर्ष १० मा पाँच जना इङ्गल्याण्डका खेलाडी पर्न सफल भए। आर्सनलका एलेसिया रुसो तेस्रो, क्लो केली पाँचौँ र लिया विलियमसन सातौँ स्थानमा रहँदा, चेल्सीकी लुसी ब्रोन्ज र हन्ना ह्याम्पटन क्रमशः नवौँ र दशौँ स्थानमा परेका थिए।

    यसअघि २०२१ र २०२२ मा एलेक्सिया पुटेलासले लगातार दुई संस्करण जितेकी थिइन्। त्यसपछि २०२३, २०२४ र अहिले २०२५ मा बोनमतीले अवार्ड हात पारी बार्सिलोनाका खेलाडीले लगातार पाँचौँ वर्ष यो उपाधि जित्ने परम्परा कायम राखेका छन्।

    समारोहमा बार्सिलोनाका दिग्गज आन्द्रेस इनिएस्टाबाट पुरस्कार ग्रहण गरेकी बोनमतीले आफ्नो खुशी प्रकट गर्दै भनिन्, “लगातार तेस्रो पटक यो अवार्ड जित्नु मेरो लागि अविश्वसनीय छ। यदि यो उपाधि बाँड्न मिल्ने भए, म आफ्ना टोलीका साथीहरूलाई बाँड्थेँ, किनकि उनीहरूको योगदान असाधारण छ।”

    यसैबीच, सरिना विगम्यानले उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड जितिन् भने चेल्सीकी हन्ना ह्याम्पटन उत्कृष्ट महिला गोलकिपर घोषित भइन्।

    पुरुषतर्फ, पेरिस सेन्ट जर्मेन (पीएसजी) का ओसमान डेम्बेलेले बालोन डीओर जिते। उनले बार्सिलोनाका युवा प्रतिभा लामिन यामललाई पछि पार्दै उपाधि हात पारे भने यामलले ‘कोपा ट्रफी’ जिते।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend