२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • सुत्र प्रणालीमा समस्या, महालेखाले भन्योः बिहान...

सुत्र प्रणालीमा समस्या, महालेखाले भन्योः बिहान ११ बजेदेखि ३ बजेसम्म समस्या आउनसक्छ

सुत्र प्रणालीमा समस्या, महालेखाले भन्योः बिहान ११ बजेदेखि ३ बजेसम्म समस्या आउनसक्छ

मंगलवार, आश्विन ७ २०८२०१:५९
मंगलवार, आश्विन ७ २०८२०१:५९
  • images

    काठमाडौँ । स्थानीय तह सचिंत कोष व्यवस्थापन प्रणाली (सुत्र) मा समस्या देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सुत्र प्रणालीमा समस्या देखिएके भन्दै समाधानको काम भैरहेको जनाएको छ । 

    कार्यालयले भदौ २४ गतेदेखि १ सातासम्म देशको असहज वातावरण र त्यसको प्रभावका कारण सुत्र प्रणाली बन्द रहेको भन्दै त्यसपछि प्रणालीमा अत्यधिक चाँप हुदा सुस्त भएको सूचनामा उल्लेख गरिएको छ । 

    ‘एक साता प्रणाली बन्द हुनु, वडादशैँको कारण सबै प्रकारका निकासाहरु र खर्च प्रणालीको काम हुँदा प्रयोगकर्ता बढी भएको, प्रतिवेदन तयारी एवं लेखापरिक्षणको काम भइरहेको, पालिकाहरुको कर छुट अवधिका कारण करदाताहरु कर तिर्ने चाप अति रहेको, प्रणालीको क्षमता सिमित हुँदा एक् साथ सेवा प्रवाह समस्या भएको, महादेखा नियन्त्रक कार्यालयबाट कार्यालय समय र विदाको दिनमा प्रणालीको क्षमता बढाउने काम गर्नु परेको कारण सुत्र प्रणालीमा केही समस्या देखिएको छ’, सूचनामा भनिएको छ, ‘केही पालिकाहरुले विहान ७ बजेदेखि नै कर संकलन कार्य गरेको, विहान र बेलुका प्रणाली अति राम्रो भएको सुत्र प्रणाली मर्मत एव साना साना क्षमता बढाउने कार्य भइरहेको, सुत्र सर्भरमा क्षमता बढाउने काम भइरहेको हुँदा दिनको ११ बजेदेखि ३ बजेसम्म प्रयोगकर्ता बढी हुँदा असोज ७ गतेदेखि १० गतेसम्म सुत्र प्रणाली सुस्त हुने व्यहोरा अनुरोध गर्दछौँ ।’

    552224503_122188740116359222_5561828613137123065_n.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend