काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ। नेप्से परिसूचक २.२३ प्रतिशत अर्थात् ५८.६३ अंकले बढेर २,६८२.२५ विन्दुमा पुगेको छ।
यससँगै ठूला तथा राम्रा कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.९९ प्रतिशतले बढ्दै ४६४.३६ विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३२८ वटा कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब २९ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
सबै समूहमा हरियाली
आज नेप्सेमा सूचीकृत १३ वटै समूह हरियालीमा बन्द भए।
-
निर्जीवन बीमा समूह ३.४८%
-
जलविद्युत समूह ३.३०%
-
विकास बैंक २.९५%
-
होटल २.७८%
-
लघुवित्त २.५४%
-
अन्य २.५१%
-
जीवन बीमा २.३१%
-
फाइनान्स २.१२%
-
व्यापार १.८३%
-
लगानी १.६६%
-
बैंकिङ १.३८%
-
उत्पादन तथा प्रशोधन १.१२%
-
म्युचुअल फन्ड ०.६३%
धेरै कारोबार गर्ने कम्पनीहरू
-
नेपाल पुनर्बीमा कम्पनी : ३८ करोड ६८ लाख रुपैयाँ
-
युनिभर्सल पावर : १८ करोड ३० लाख रुपैयाँ
-
हिमालयन डिस्टिलरी : १८ करोड १६ लाख रुपैयाँ
-
शिवम् सिमेन्ट : १६ करोड ६४ लाख रुपैयाँ
-
हिमालयन रि-इन्स्योरेन्स : १५ करोड ७२ लाख रुपैयाँ
धेरै बढ्ने र घट्ने कम्पनीहरू
आज ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो।
-
सप्तकोशी डेभलपमेन्ट बैंक
-
जोशी हाईड्रोपावर
-
ग्रीन डेभलपमेन्ट बैंक
-
नारायणी डेभलपमेन्ट बैंक
-
सिन्धु विकास बैंक
-
भूगोल इनर्जी
-
एशियन हाईड्रोपावर
-
हिमस्टार उर्जा
यस्तै, कालिका पावरको सेयर ९.८४%, सयपत्री हाईड्रोको ९.८३% र महिला लघुवित्तको सेयर ९.६०% ले बढ्यो।

