२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • धितोपत्र बोर्डका कर्मचारी आन्दोलित: माग पूरा...

धितोपत्र बोर्डका कर्मचारी आन्दोलित: माग पूरा नभएसम्म कामकाज ठप्प

धितोपत्र बोर्डका कर्मचारी आन्दोलित: माग पूरा नभएसम्म कामकाज ठप्प

बिहिवार, आश्विन ९ २०८२०१:१५
बिहिवार, आश्विन ९ २०८२०१:१५
  • images

    काठमाडौं । अर्थ मन्त्रालयले गरेको सेवासुविधा कटौती र रकम असुल गर्ने निर्णयविरुद्ध नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले बिहीबारदेखि आन्दोलन सुरु गरेका छन्।

    बोर्डका क्रियाशील कर्मचारी युनियन र अन्य संगठनहरूले आफ्ना माग पूरा नभएसम्म बोर्डमा ताला लगाइराख्ने र अध्यक्षको सवारीसाधन प्रयोग गर्न नदिने अडान लिएका छन्। बुधबार उनीहरूले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र कार्यकारी निर्देशकको सवारीसाधन पनि नियन्त्रणमा लिएका थिए।

    हाल कार्यरत र पेन्सन पाएका कर्मचारीहरूले बोर्डको कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षा कोषबाट छुट्टाछुट्टै सेवा सुविधा पाउँदै आएका थिए। तर हालै मन्त्रिस्तरीय निर्णयबाट यी सेवासुविधा सम्बन्धी सबै नीतिगत व्यवस्था खारेज भएपछि कर्मचारीहरू आन्दोलित भएका हुन्।

    कर्मचारीहरूले बोर्डको स्वायत्ततामाथि निरन्तर हस्तक्षेपविरुद्ध आपत्ति जनाउँदै निर्णय खारेज गर्न माग गरेका छन्। 

    साथै, स्थापनाकालदेखि प्राप्त सुविधा मात्र नभई सेवानिवृत्त वा निधन भइसकेका कर्मचारीबाट समेत रकम असुल गर्ने निर्णय नीतिगत रूपमा अस्वीकृतयोग्य र अव्यवहारिक भएको कर्मचारी युनियनले बताएको छ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend