२०८३, आश्विन २० गते

images

दसैँ तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले बढायो वालेटमा रकम जम्मा गर्ने सीमा

दसैँ तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले बढायो वालेटमा रकम जम्मा गर्ने सीमा

शुक्रवार, आश्विन १० २०८२११:००
शुक्रवार, आश्विन १० २०८२११:००
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँ–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने वालेटमा रकम जम्मा गर्न सकिने सीमामा अस्थायी वृद्धि गरेको छ ।

    भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार हाल प्रचलित प्रावधानअनुसार व्यक्तिगत खातामा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था अस्थायी रूपमा परिमार्जन गरिएको छ ।

    असोज १३ गतेदेखि २१ गतेसम्म दसैँ अवधि तथा कात्तिक ३ देखि ७ सम्म तिहार अवधिमा व्यक्तिगत वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।

    राष्ट्र बैंकले यस निर्णयले दसैँ–तिहारका समयमा हुने कारोबारलाई सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई सो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ ।

    suchana.jpg


     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend