२०८३, आश्विन २० गते

images

हवाई टिकटमा भाडा नबढाउनू : प्राधिकरण

हवाई टिकटमा भाडा नबढाउनू : प्राधिकरण

शुक्रवार, आश्विन १० २०८२०२:२२
शुक्रवार, आश्विन १० २०८२०२:२२
  • images

    काठमाडौं । सरकारले दसैँ, तिहारलगायतका चाडपर्वमा आन्तरिक हवाई उडानको भाडा नबढाउन सबै वायुसेवा प्रदायक संस्थालाई आग्रह गरेको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, मुलुकको कठिन आर्थिक अवस्था र यात्रुलाई राहत दिनका लागि वायुसेवा कम्पनीलाई अधिकतम मूल्यभन्दा कम मूल्यमा टिकट बिक्री गर्न अनुरोध गरिएको हो।

    भुलले भने, “देशको अवस्था हेरेर वायुसेवा कम्पनीलाई कम्तीमा म्याक्सिमम फेयर नबेच्न, १–२ क्लास कम भाडामा टिकट बिक्री गर्न भनेका छौँ। बुद्ध एयरलगायतका कम्पनीहरूले यसअनुसार तयारी गरिरहेका छन्। उदाहरणका लागि, बुद्ध एयरले धनगढीका लागि १२ हजारभन्दा माथिको टिकट नबेच्ने योजना बनाएको छ।”

    कानुनअनुसार हवाई टिकटको न्यूनतम र अधिकतम मूल्य तोकिएको भए पनि चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले प्रायः उच्च मूल्यका टिकट बढी बिक्री हुने प्राधिकरणको भनाइ छ।

    त्यसैगरी, यात्रुको सहजतालाई ध्यानमा राख्दै अतिरिक्त उडानको व्यवस्था गर्ने तयारी पनि गरिएको प्राधिकरणले जनाएको छ। सामान्यतया दैनिक १० हजार यात्रुले आन्तरिक उडान गर्ने गरेका भए पनि दसैँ–तिहारको समयमा यो संख्या दैनिक १८ हजारसम्म पुग्ने अनुमान गरिएको छ।

    यस कदमले यात्रुलाई अत्यधिक भाडाबाट बचाउँदै चाडपर्वमा सहज र किफायती यात्रा सुनिश्चित गर्ने सरकारको प्रयासलाई प्रतिविम्बित गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend