२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • एमसिए–नेपालले ११७ किमि विद्युत् प्रसारण लाइन...

एमसिए–नेपालले ११७ किमि विद्युत् प्रसारण लाइन निर्माण सम्झौता सम्पन्न

एमसिए–नेपालले ११७ किमि विद्युत् प्रसारण लाइन निर्माण सम्झौता सम्पन्न

शुक्रवार, आश्विन १० २०८२०५:३९
शुक्रवार, आश्विन १० २०८२०५:३९
  • images

    काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण हुने ११७ किलोमिटर विद्युत् प्रसारण लाइनको निर्माण सम्झौता सम्पन्न गरेको छ।

    यस सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता पूरा भएको छ। आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौँको लप्सिफेदी सबस्टेशनबाट नुवाकोटको रातमाटे सबस्टेशन हुँदै मकवानपुरको नयाँ हेटौंडा सबस्टेशनसम्मको लाइन निर्माण गर्नेछ।

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट प्राप्त उक्त ठेक्का करिब ७६६.५० लाख अमेरिकी डलरको रहेको छ। सम्झौतामा ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनसम्बन्धी सबै काम समेटिएको छ।

    हस्ताक्षर समारोहमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र आशिश–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले हस्ताक्षर गरेका थिए। एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भने, “यस सम्झौताले नेपाल कम्प्याक्ट कार्यान्वयनमा भइरहेको प्रगतिको प्रतिनिधित्व गर्छ र नेपाली जनताको दीर्घकालीन विकासमा योगदान पुर्‍याउनेछ।”

    यसअघि रातमाटे–नयाँ दमौली–नयाँ बुटवल–नेपाल–भारत सीमासम्मको १९८ किलोमिटर प्रसारण लाइन र सबस्टेशन निर्माणसम्बन्धी सम्झौता भइसकेको थियो।

    एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण, सडक मर्मत र पूर्वाधार सुदृढीकरणमार्फत् नेपालको अन्तरआवद्धता बढाउँदै आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend