२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • जेनजी आन्दोलनका शहीद ललितपुरका शहीद विनोदको...

जेनजी आन्दोलनका शहीद ललितपुरका शहीद विनोदको परिवारलाई महानगरको आर्थिक सहयोग

जेनजी आन्दोलनका शहीद ललितपुरका शहीद विनोदको परिवारलाई महानगरको आर्थिक सहयोग

शनिवार, आश्विन ११ २०८२०७:३९
शनिवार, आश्विन ११ २०८२०७:३९
  • images

    काठमाडौँ । ललितपुर महानगरले जेनजी प्रदर्शनका क्रममा गोली लागेर मृत्युवरण गरेका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । 

    ललितपुर महानगरको कार्यपालिका बैठकले शहीद महर्जनको परिवारलाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । विनोद महर्जन महानगर वडा नं।७ का बासिन्दा हुन् ।  

    ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर छिट्टै एउटा कार्यक्रम राखेर सहयोग रकम परिवारलाई हस्तान्तरण गर्ने बताए । 

    भ्रष्टाचार अन्त्य र शुसासन कायम हुनुपर्ने माग राखेर जेनजीले भदौ २३ गते गरेको प्रदर्शनलाई नियन्त्रण गर्न चलाएको गोली विनोदलाई लागेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend