२०८३, आश्विन २० गते

images

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

आइतवार, आश्विन १२ २०८२०७:२९
आइतवार, आश्विन १२ २०८२०७:२९
  • images

    काठमाडौं । नेपालले वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा १९ रनको जित हात पार्दै ऐतिहासिक नतिजा निकाल्न सफल भएको छ। शनिबार यूएईको शारजाहमा भएको खेलमा नेपालले १४८ रन रक्षा गर्दै आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई पहिलो पटक हराएको हो।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनायो। कप्तान रोहित पौडेलले ३८, कुशल मल्लले ३०, गुल्सन झाले २२ तथा दिपेन्द्र सिंह ऐरीले १७ रनको योगदान दिए। वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए भने नविन बिडाइसेले ३ विकेट हात पारे।

    जवाफमा १४९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको वेस्ट इन्डिज नियमित अन्तरालमा विकेट गुमाउँदै २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रनमै सीमित भयो। नविन बिडाइसे २२, अमिर जाङ्गो १९, फाबियन एलेन १९ तथा कप्तान अकिल होसेन १८ रन बनाए।

    नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए भने कप्तान रोहित पौडेल, ललित राजवंशी, नन्दन यादव, करण केसी र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट हात पारे। उत्कृष्ट प्रदर्शनका आधारमा कप्तान पौडेल ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

    यससँगै नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्रलाई टी–२० आई क्रिकेटमा पराजित गरेको छ। यसअघि नेपालले जिम्बाब्वे, बंगलादेश, आयरल्यान्ड, भारत र दक्षिण अफ्रिकाविरुद्ध खेलेको थियो तर जित हात पार्न सकेको थिएन।

    युनिटी टी–२० सिरिजअन्तर्गत बाँकी दुई खेल असोज १३ र १४ गते हुनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend