२०८३, आश्विन २० गते

images

सागर डिष्टिलरीको आईपीओ बाँडफाँडः २२ लाख बढी आवेदकको हात रित्तै

सागर डिष्टिलरीको आईपीओ बाँडफाँडः २२ लाख बढी आवेदकको हात रित्तै

आइतवार, आश्विन १२ २०८२१०:४०
आइतवार, आश्विन १२ २०८२१०:४०
  • images

    काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आइपीओ आइतबार(आज) बाँडफाँड भएको छ ।  बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ आइतबार बाँडफाँड गरिएको हो । 

    कम्पनीको आइपीओमा अन्तिम दिनसम्म मागको तुलनामा २२.२५ गुणा बढी आवेदन परेको थियो ।  मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा १ लाख १९ हजार ६४ जनाले सेयर प्राप्त गरेका छन् । यसरी २२ लाख भन्दा बढी आवेदकको हात खाली भएको छ ।  

    सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख ५२ हजार ४९३ जनाको आवेदन परेको थियो ।  

    कम्पनीको आइपीओमा २ अर्ब ६५ करोड एक लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ६५ लाख १ हजार १५० कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा २२ गुणा बढी हो ।  

    कम्पनीले गत भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको हो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend