२०८३, आश्विन १९ गते

images

यो सरकारसँग इमान र नैतिक धरातल छैनः प्रचण्ड

यो सरकारसँग इमान र नैतिक धरातल छैनः प्रचण्ड

मंगलवार, भाद्र ११ २०८१०२:४९
मंगलवार, भाद्र ११ २०८१०२:४९
  • images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार राजनीतिक बलमिच्याइँ र संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार भएको बताएका छन्।

    प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको जगमा कानुन र संविधान नरहेको बताए। ‘म यो रोष्टमबाट फेरि एकपटक भन्छु,'यो सरकार राजनीतिक बलमिच्याइँ र संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार हो । संविधानको धारा ७६ (२) अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेपछि स्वतः धारा ३ सक्रिय हुन्छ भनेर संविधानमा स्पष्ट व्यवस्था छ ।’

    अहिलेका प्रधानमन्त्रीले कुनै बेला आफैंले त्यसको एकदमै प्रष्ट व्याख्या गरेको स्मरण गराउँदै उनले तर आफू कसैलाई नैतिकता सम्झाउन सम्झाउने पक्ष नरहेको पनि स्पष्ट पारे। ‘केवल एउटै प्रश्न सोध्छु,के संविधानका धाराहर अमुक व्यक्ति हेरेर खुल्ने र अमुक व्यक्ति हेरेर बन्द हुने हुन्,' अध्यक्ष प्रचण्डले प्रश्न गरे।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend