२०८३, आश्विन २० गते

images

नेताका घरमा भेटिएको नगद रकमबारे सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत अनुसन्धान हुने

नेताका घरमा भेटिएको नगद रकमबारे सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत अनुसन्धान हुने

आइतवार, आश्विन १२ २०८२०४:५५
आइतवार, आश्विन १२ २०८२०४:५५
  • images

    काठमाडौँ । अर्थ मन्त्रालयले नेताका घरमा भेटिएका पैसाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका अनुसार प्रचलित कानुनअनुसार आय आर्जन भएको र स्रोत खुलेको रकम सुरक्षित राख्न वा प्रयोग गर्न कुनै अवरोध छैन। तर विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम लुकाई राखेको सम्बन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार सम्वत् २०८२ भाद्र २३ र २४ गते जेनजी आन्दोलनको क्रममा विभिन्न स्थानमा नगद जलेको वा जलेको अवस्थामा भेटिएको सूचना सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्राप्त भएको हो।

    सरकारको नीति अनुसार सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने भएकाले सबैमा विद्युतीय भुक्तानी प्रयोग गर्न अनुरोध गरिएको छ।

    मन्त्रालयले नगद कारोबार सम्बन्धमा प्रचलित कानुनी व्यवस्था यस प्रकार रहेको जानकारी दिएको छ। कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दशलाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने जनाएको छ। साथै नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० सम्मको रकम भन्सार घोषणा बिना ल्याउन सक्ने। सोभन्दा बढी रकम ल्याउँदा भन्सार घोषणा आवश्यक छ।

    नेपाली नागरिकले विदेशमा रोजगारी वा व्यवसायबाट आर्जन गरेको वा विदेश भ्रमणका लागि प्राप्त विदेशी मुद्रा मध्ये अधिकतम अमेरिकी डलर १,५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने समेत अर्थमन्त्रालयले जनाएको छ।

    मन्त्रालयले उल्लिखित कानुनी व्यवस्था बाहेक स्रोत नखुलेको नगद कतै भेटिएमा अनुसन्धान र कारबाही गरिने पनि जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend