२०८३, आश्विन २० गते

images

ओली र लेखकसहित ५ जनालाई विदेश जान रोक, अनुमतिबिना उपत्यका छाड्न पनि नपाउने

ओली र लेखकसहित ५ जनालाई विदेश जान रोक, अनुमतिबिना उपत्यका छाड्न पनि नपाउने

आइतवार, आश्विन १२ २०८२०७:३८
आइतवार, आश्विन १२ २०८२०७:३८
  • images

    काठमाडौं । सरकारले जेन-जी आन्दोलन दमनको घटनामा संलग्न भएको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच उच्च अधिकारीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जाँचबुझ आयोगको सिफारिसअनुसार यी व्यक्तिहरूलाई विदेश यात्रामा प्रतिबन्ध लगाइएको हो । साथै, उनीहरूलाई गृह मन्त्रालयको अनुमतिबिना काठमाडौं उपत्यका छाड्नसमेत रोक लगाइएको छ ।

    रोक्का सूचीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल रहेका छन् ।

    गत २३ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो । आन्दोलनकारीलाई संघीय संसद भवनतर्फ अघि बढ्न नदिन गृह मन्त्रालयले कडा निर्देशन जारी गरेको थियो । सोही निर्देशनअनुसार तत्कालीन सीडीओ छवि रिजालले प्रहरीलाई गोली चलाउन आदेश दिएको बताइएको छ । पूर्वप्रधानमन्त्री ओलीले भने आफूले गोली चलाउन कुनै निर्देशन नदिएको दाबी गरेका छन् ।

    oli sahit.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend