२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • आईएमएफले स्वीकृत गर्‍यो नेपालको विस्तारित ऋण...

आईएमएफले स्वीकृत गर्‍यो नेपालको विस्तारित ऋण सुविधा

आईएमएफले स्वीकृत गर्‍यो नेपालको विस्तारित ऋण सुविधा

बिहिवार, आश्विन १६ २०८२०९:११
बिहिवार, आश्विन १६ २०८२०९:११
  • images

    काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ । आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे छैटौं समीक्षा गर्दै विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो ।

    अर्थमन्त्री रामेश्वर खनालका अनुसार, आईएमएफको विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गतको छैटौं समीक्षा सफलतापूर्वक सम्पन्न गरेको छ । अर्थमन्त्री खनालले विहीबार बिहान सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार आईएमएफ बोर्ड बैठकले नेपालको ईसीएफ छैटौं समीक्षालाई अनुमोदन गरेको हो ।

    यस स्वीकृतिसँगै नेपालले ईसीएफ कार्यक्रम अन्तर्गत थप वित्तीय सहयोग प्राप्त गर्ने बाटो खुलेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend