२०८३, आश्विन १९ गते

images

देशभर दुई दिन सार्वजनिक बिदा

देशभर दुई दिन सार्वजनिक बिदा

शनिवार, आश्विन १८ २०८२०७:२४
शनिवार, आश्विन १८ २०८२०७:२४
  • images

    काठमाडौं । सरकारले देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा निर्णय गरिएको उल्लेख छ । 

    मन्त्रालयका अनुसार पछिल्ला दिनमा लगातार वर्षा भइरहेको र अझै असोज २० गतेसम्म तीव्र वर्षा जारी रहने पूर्वानुमान भएकाले बाढी, डुबान, भूक्षय र सडक तथा हवाई यातायात अवरुद्ध हुने जोखिम बढेको छ। त्यस्ता सम्भावित जोखिमका कारण जनधनको क्षति हुन सक्ने देखिएकाले सुरक्षाको दृष्टिले देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।  दसैँ बिदापछि आइतबारदेखि कार्यालय खुल्ने तयारी रहेकै बेला दुई दिन बिदा थप गरिएको हो ।

    मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, '२०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपालभरका सबै कार्यालय, संस्था र निकायमा सार्वजनिक बिदा रहनेछ।'

    यस्तै सरकारी निकालयले नागरिकलाई सम्भावित विपद् जोखिमलाई ध्यानमा राखी अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा रहन र सरकारी सूचना तथा निर्देशनअनुसार आचरण गर्न आग्रह गरे छ।

    सरकारले वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो र डुबान जस्ता जोखिमबाट नागरिकको ज्यान र सम्पत्ति सुरक्षित राख्न सबै तहका प्रशासनिक र सुरक्षात्मक निकायहरूलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइसकेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend