२०८३, आश्विन १९ गते

images

नाडा शो मा ऋषि ट्रेडले सार्वजनिक गर्याे एड्भेन्चर बाइक र विद्युतीय स्कुटर, कति छ मूल्य ?

नाडा शो मा ऋषि ट्रेडले सार्वजनिक गर्याे एड्भेन्चर बाइक र विद्युतीय स्कुटर, कति छ मूल्य ?

सीएनएन खबर
मंगलवार, भाद्र ११ २०८१०५:२७
सीएनएन खबर
मंगलवार, भाद्र ११ २०८१०५:२७
  • images

    काठमाडौं । मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ लाई लक्षित गर्दै ऋषि ट्रेडले एड्भेन्चर बाइक तथा विद्युतीय स्कुटर नेपालमा भित्र्याएको छ । अटो शो को उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सीएफ मोटोको प्रिमियम ४५० एमटी बाइकको उद्घाटन गरेका हुन् । 

    चिनियाँ मोटरसाइकल उत्पादक कम्पनी सीएफ मोटोको लागि नेपालको आधिकारीक बितरक ऋषि ट्रेडले अटो शोका लागि लक्षित गर्दै उक्त मोटरसाइकल नेपाल भित्र्याएको थियो । 

    कम्पनीले नेपालभरका मोटरसाइकल प्रेमीहरूको एडभेन्चर टुरिङ अनुभवलाई नै नयाँ परिभाषा दिने अपेक्षा गरिएको जनाएको छ । अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउने कम्पनीले जनाएको छ । 

    कम्पनीले उक्त बाइकको मूल्य १२ लाख ४९ हजार ९ सय रुपैयाँ राखेको छ । ४९९.५ सीसीको को बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ४४ हर्सपावर ९५०० एचपीएम मा र ४४ एमएमको टर्क ७६०० आरपीएम दिन्छ । शहरमा क्रुज गर्दा होस् या कुनै उबड–खाबड भूभाग, ४५० मिटरले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध रहेको छ । 

    PHOTO-2024-08-25-09-19-02.jpg

    यस्तै, अटो शोलाई नै लक्षित गर्दै कम्पनीले जीहो ब्राण्डको विद्युतीय स्कुटर नेपाल भित्र्याएको छ । कम्पनीले एइ फो इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको हो । 

    उक्त नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको छ । ऋषि ट्रेड सेन्टर मार्फत उपलब्ध, एइ फोले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने कम्पनीले जनाएको छ ।

    दक्षताको लागि डिजाइन

    एइ फोको ३.० किलोवाट मोटरले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै ६५ किमी÷घण्टा को गति पुर्याउन सक्छ । यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ, जसले व्यस्त जीवनमा आवश्यक आराम प्रदान गर्दछ ।

    सुरक्षा र नविनतम प्रविधिको मेल

    सुरक्षालाई प्राथमिकता दिँदै, एइ फोमा रहेको एबीएसले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रणको प्रदान गर्दछ । अतिरिक्त सुविधाहरू जस्तै कोलिजन वारनिंग सिस्टम र स्लोप होल्ड इटिसिएसले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्दछ । स्कुटरको उन्नत एनयफसी की लेस इन्ट्री प्रणाली, र डिजिटलकी, पासवर्ड, र मेकानिकल की जस्ता बहुविधी अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्दछ ।

    PHOTO-2024-08-25-09-15-12.jpg

    न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी

    एइ फोको सेभेनफोभीटुसेभेनएयचएटीयल ब्याट्रीले भरपर्दो रेञ्ज प्रदान गर्छ, जसमा ९० किमी वा १७० किमीको विकल्पहरू उपलब्ध छन् । यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउँछ, जबकि टाइपसी र यूएसबी चार्जिङ पोर्टहरूले तपाईंका उपकरणहरूलाई गन्तव्यसम्मै पुग्ने गरी चार्ज राख्न मद्दत गर्छ । अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिन्छ ।

    स्टाइलिश र स्मार्ट डिजाइन

    नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध एइ फोले सडकमा विशेष प्रभाव पार्छ । भी– शेप लाइटले दृश्यता सुधार मात्र होइन, स्कुटरलाई आधुनिक रूप पनि दिन्छ । जीओ राइड एपको साथ, राइडरहरूले यात्रा इतिहास, रिभर्स चार्जिंग, र विभिन्न सुरक्षा सुविधाहरू सहितका महत्वपूर्ण जानकारीहरू प्राप्त गर्न सक्छन्, जसले राइडरहरूलाई निरन्तर जडान र नियन्त्रणमा राख्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend