२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • महिला ट्वेन्टी–२० शृङ्खला, मलेसियाविरुद्धको चौथो खेलमा...

महिला ट्वेन्टी–२० शृङ्खला, मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

महिला ट्वेन्टी–२० शृङ्खला, मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मंगलवार, आश्विन २१ २०८२११:५९
मंगलवार, आश्विन २१ २०८२११:५९
  • images

    काठमाडौँ । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ ।

    मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ ।

    यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा  मलेसियालाई छ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

    आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै  पूरा ग¥यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन् । त्यस्तै  रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन् । 

    मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एकएक  विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन् ।

    नेपालकी कविता कुँवरले तीन  विकेट लिइन भने  पूजा महतो र कविता जोशीले समान एक एक  विकेट लिए । शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend