२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • सूचीकृत कम्पनीहरुलाई नेप्सेले भन्यो, ‘नवीकरण शुल्क...

सूचीकृत कम्पनीहरुलाई नेप्सेले भन्यो, ‘नवीकरण शुल्क बुझाउनु’

सूचीकृत कम्पनीहरुलाई नेप्सेले भन्यो, ‘नवीकरण शुल्क बुझाउनु’

बुधवार, आश्विन २२ २०८२०५:१५
बुधवार, आश्विन २२ २०८२०५:१५
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को धितोपत्र वार्षिक नवीकरण बुझाउन आग्रह गरेको हो ।  

    यस्तो शुल्क असोज असोज मसान्तसम्म बुझाउनु पर्ने नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका कम्पनीले ५० हजार र ५० करोड रुपैयाँभन्दा माथि चुक्तापूँजी भएकाले १ लाख रुपैयाँबराबरको नवीकरण शुल्क  बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।  

    यस्तै, ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका डिबेञ्चर र म्युचुअल फण्डले २५ हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्तापूँजी भएकाले ५० हजार रुपैयाँ नवीबरण शुल्क तिर्नु पर्ने हुन्छ ।  

    यस्तो रकम ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा जम्मा गर्न सकिनेछ । तोकिएको समयमा रकम नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचिकरण विनियमावली २०७५,को विनियम १६ अनुसार सूचीकरण स्थगन समेत गर्न सकिने नेप्सेले जनाएको छ ।    

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend